एलआरआईलाई हराउँदै डिएभीले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।
आयोजक रेडियन्ट रिडर्स एकेडेमीको सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा भएको फाइनलमा डिएभीले एलआरआईलाई ५१ रनले पराजित ग¥यो । विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाए ।
पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा ५ विकेट गुमाउदै ८४ रनको योगफल खडा ग¥यो । डिएभीका प्रसिद्ध जैसीले १३ बलमा ३७ तथा फरहान अन्सारीले ६ बलमा ११ रन जोडे । बलिङतर्फ एलआरआईका कप्तान अभी थपलियाले ३ विकेट लिए ।
जवाफमा एलआरआई ९.४ ओभरमा अलआउट हुँदै ३३ रनमा समेटियो । एलआरआईका अभीले ६ रन जोडे । बलिङमा प्रसिद्ध जैसीले ३ तथा कमल शाहीले २ विकेट हात पारे ।
प्रतियोगितामा डिएभीका प्रसिद्ध ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । उनले १ सय ३५ रन बनाउनुका साथै ८ विकेट पनि लिए । प्रसिद्ध नै उत्कृष्ट ब्याट्सम्यान चुनिए । एलआरआईका अभी थपलिया उत्कृष्ट बलर बने ।
विजेतालाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा आयोजकको २ सहित १५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
News Link:
https://www.onlinekhabar.com/…/dav-wins-rra-cricket-title
https://ekantipur.com/…/dav-champion-in-rra-cricket-28…
https://kheladi.com/school-sports/27371
https://neplays.com/archives/149509
