देउसी भैलो


Home  »  Uncategorized   »   देउसी भैलो
तिहार केवल बत्ती र रङ्को पर्व मात्र होइन। यो दाजुभाइ तथा दिदीबहिनी बीचको प्रेम, परिवारको एकता, प्रकृतिप्रतिको सम्मान र हाम्रो मौलिक संस्कृतिको प्रतीक पनि हो।
हाम्रो संस्कृति हाम्रो पहिचान हो। यही पहिचानलाई जोगाउँदै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले आज हामी यहाँ उपस्थित भएका छौँ।
देउसी भैलो हाम्रो मौलिक लोक परम्परा हो। यसमा गीत, सङ्गीत, नृत्य, हाँसो र शुभकामना सँगसँगै हुन्छन्। यसले समाजमा मेलमिलाप र सहयोगको भावना बढाउँछ।
अब प्रस्तुत छ हाम्रो मौलिक देउसी भैलो गीत तथा नृत्य
झिलिमिली रातमा, दिदीबहिनी साथमा, कम्मर हल्लाउँदै…
आएका हामी, देउसी है खेल्न, रमाइलो मनाउँदै
ए भन भन भाइ हो, ए राम्री भन, ए स्वर मिलाइकन
ए देउसीरें भन, ए वर्षमा दिनको, ए चाडबाड
ए मनाउनै पर्ने, ए मनाउनै पर्ने, ए घरबेटी बाबा
ए घरबेटी आमा, ए आइपुग्यौ हामी, ए देउसीरे खेल्न
ए झिल्मिली झिल्मिली, ए के को झिल्मिली, ए बत्तिको झिल्मिली
ए फूलको झिल्मिली, ए हामी त्यसै, ए आएका हैनौं
ए बलिमाराजको, ए हुकुमले, ए रातो माटो
ए चिप्लोबाटो, ए लड्दै पड्दै, ए आएका हामी
ए केराको थम्मा, ए साथीभाइ जम्मा, ए मिलेर आयो
ए रेडियन्ट स्कुल, ए ज्ञानको मन्दिर, ए विद्याको ज्योति
ए बालबालिका, ए भविष्य देशको, ए अघि बढ्दै छौं
ए शिक्षक गुरु, ए आमाबाबुको, ए आशीर्वाद बोकी
ए सारै नै राम्रो, ए चाडवाड हाम्रो, ए रितीथिति
ए जोगाउने काम हाम्रो, ए त्यसैमा हुदा, ए देउसी मा भैलो
ए खेल्र्दा मा आयो, ए रैलो मा दैलो, ए भिलिमिली झील्ला, ए सेलरोटी मिल्ला , ए आखुम पारुम
ए वर्षमा दिनको, ए चाडबाड
ए मनाउनै पर्ने, ए मनाउनै पर्ने, ए टाढा बात आयौं
‘ तातो रोटी चाखुम । ए छाना माथि घिरौला ए के के दिन्छौ हेरौला
ए झिलिमिली झिलीमीली , ऐ के को झीली मिली ए रंग को झीली मिली ए खुसी को झीली मीली ए हासो को झिलीमीली
ए वत्ती को झीली मिली ए वर्षमा दिनको रमाईलाे चाँड
ए मनाउनै पर्ने ए जनाउनै पर्ने
ए टाढाबाट आयौ X ३
आशिष
ए थाल माथी धान, थालमाथि चामल,
> ए चामलै माथि, ए दियो बाली, ए दक्षिणा हाली,
 ए ल्यानुमा भयो, ए यो घरमा,
> ए सधैभरी – खुसी छाओस , ए दुख र कष्ट,
 ए कहिल्यै नआओस्, ए देउसीले, ए दिएको आशिष, ए लागिमा जाओस्, ए लक्ष्मीमाताले, बाँसै गरुन्, ×३
संसारमा नै चम्कियोस् हजुरको नाम
अहिलेलाई बिदा पाऊँ हिँड साथी जाम – 2
थालीमा फुलटीका बत्ती पालिमा
फेरी भेट हुम्ला है अर्को सालैमा – 2
हाम्रो संस्कृति र परम्परालाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रण गरौँ। तिहारले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। १ मि.
 सबै जनाले HAPPY TIHAR

Leave a Reply

Your email address will not be published. Required fields are marked *